रिजल्ट सम्बन्धि सुचना !
अबको केही दिनमा यस विद्यालयको दोस्रो त्रैमाशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिने जानकारी गराईन्छ ।
कलेजको ‘प्रोजेक्ट वर्क’ बाट जन्मेको १० करोडको उद्योग (भिडिओ)
झन्डै आठ वर्षअघि नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड इञ्जिनियरिङ कलेजमा उनीहरूको भेट भएको थियो।
चितवनको माडीका जीवन दवाडी, सप्तरीको राजविराजका सुनिलकुमार यादव र बाराको निजगढका सागर तिमिल्सिना उक्त कलेजमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियर बन्न आएका थिए।
अहिले यी तीनै जना उद्योगी भएका छन्। उनीहरूको कम्पनी ‘एड्भान्स टेक’ ले बिजुलीका स्विचहरूको बोर्ड बनाउँछ। भित्तामा टाँसिएको र त्यहीँ पुगेर किटीकिटी पारेर थिच्ने सामान्य बोर्ड होइन, रिमोट वा एप्सबाट टुच्चटुच्च छोएर अन-अफ गर्न मिल्ने डिजिटल स्मार्ट स्विच बोर्ड। यसलाई आफू जहाँ छ, त्यहीँबाट खोल्न र बन्द गर्न सकिन्छ।
कम्पनीका सञ्चालकमध्येका एक, २७ वर्षीय जीवन दवाडीले भने, ‘यस्तो बोर्ड नेपालमा हामीले नै पहिलोपटक बनाउने थालेका हौं।’
यसको आइडिया भने उनीहरू कलेज पढ्दै फुरेको हो। २०७४ सालतिर उनीहरू स्नातक तहको अन्तिम वर्षमा पढ्थे। कलेजले विद्यार्थीहरूलाई कुनै नयाँ विद्युतीय सामग्री बनाउने जिम्मा दियो। यो उनीहरूको परीक्षा थियो। पाँच जनाको समूहमा थिए यी तीन युवा।
आफ्नो समूहमा निकै समय सोचविचार गरेपछि उनीहरूले त्यति बेलासम्म नेपालमा उत्पादन हुन नसकेको डिजिटल स्मार्ट स्विच बोर्ड बनाउने निधो गरे। तयार पारेर बुझाए पनि।
‘घरभित्र र बाहिर जहाँ रहेर पनि बत्ती, पंखा, फ्रिज, टिभी लगायत विद्युतीय उपकरण नियन्त्रण गर्न सक्ने क्षमता यो बोर्डमा हुन्छ,’ जीवनले भने, ‘हाम्रो सिर्जनालाई कलेजमा धेरैले तारिफ गरे।’
अरूले तारिफ मात्र गरे, अध्यापकहरूले यसलाई उत्पादनमै लैजानुपर्छ भनेर हौस्याए।
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउने सम्बन्धी सूचना
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउने सम्बन्धी सूचना
Admission Open
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Proin ut odio tellus. Maecenas consectetur adipiscing elit Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Proin ut odio tellus.
